जिको विडोडो पुनः इन्डोनेसियाको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी, ७ जेठ । इन्डोनेसियामा भएको राष्ट्रपति निर्वाचनमा जिको विडोडो पुनः निर्वाचितन भएका छन् ।

एक महिनाअघि भएको निर्वाचनको मत परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगका अनुसार वर्तमान राष्ट्रपति विडोडोले ५५ प्रतिशत मत ल्याइ विजयी भएको घोषणा गरेको छ ।

उनका प्रतिद्वन्द्वी रहेका पूर्व जनरल प्राबोवो सुविआन्तोले निर्वाचन परिणाम अस्वीकार गरेका छन् । निर्वाचनको परिणाम घोषणा हुनअघि नै उनले ब्यापक रुपमा धाँधली भएको आरोप लगाएका थिए ।

चुनावी परिणामपछि संभावित हिंसालाई ध्यानमा राख्दै राजधानी जकार्तामा ३२ हजार प्रहरी परिचालन गरिएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर