एजेन्सी, ६ जेठ । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सी छैटौं पटक ‘पीचीची’ अवार्डबाट सम्मानित भएका छन ।
लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पार्दै मेस्सीले पीचीची अवार्डबाट सम्मानित भएका हुन ।
आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बनेका छन । उनले जम्मा ३६ गोल गरेका छन् भने १३ एसिष्ट गरेका छन् ।





