काठमाडौँ, २५ बैशाख । त्रिभुवन विश्वविद्यालयले सबैखालका अपाङग भएका विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था ल्याउने भएको छ ।
त्रिवि कार्यकारी परीषदको बसेको बैठकमा उक्त निर्णय गरेको जनाएको छ । अपाङग भएका विद्यार्थीले आधिकारिक कागजपत्र पेस गरेपछि भर्ना पाउने छन् ।
त्यसैगरि उनीहरुले भर्ना भएपछि मासिक शुल्क, परीक्ष शुल्क, ट्रान्सत्रिप्ट शुल्कमा पनि निःशुल्क हुनेछ । त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसह्रुलाई जारी शैक्षिक कार्यक्रम योग्यता पुगेका अपांगलाई निःशुल्क भर्ना गर्न परिपत्र पठाएको छ ।





