लोकल कुखुरामा बर्डफ्लु भेटियो

काठमाडौँ, २५ बैशाख । नवलपरासीको मध्यविन्दु नगरपालिका-२ नन्दपुरका लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ ।

बुधबार बिहान स्थानीय पिताम्बर महतोले पालेका लोकल कुखुरामा बर्डफ्लु देखिएपछि नष्ट गरिएको हो । महतोले पालेका १ सय ५० लोकल कुखुरामध्ये ७५ प्रतिशत बढी मरेपछि उनले केन्द्रीय पंक्षी प्रयोगशाला चितवनमा नमूना परीक्षणका लागि लगेका थिए ।

उक्त नमूनालाई केन्द्रीय भेटेरिनरी प्रयोगशाला काठमाडौँले समेत प्रमाणित गरेपछि मन्त्रीस्तरको निर्णयअनुसार कुखुरा र पंक्षीजन्य वस्तुलाई  नष्ट गरिएको सोही नगरपालिका पशु विकास शाखाले जनाएको छ।

बर्डफ्लु नियन्त्रण गर्नका लागि नन्दपुर गाउँको १ किमि क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो । त्यस क्रममा १ सय ८१ गोटा लोकल कुखुरा, ६५ गोटा हाँस, दाना, अण्डा र कुखुराका सुली नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्