ग्वाटेमालाको जेलमा गोली हानाहान हुँदा ७ जनाको मृत्यु

एजेन्सी, २५ बैशाख  । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा गोली हानाहान हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

ग्वाटेमाला सिटी भन्दा करिब १५ किलोमिटर टाढा रहेको पाभोन जेलमा दुई बन्दीबिचको विवाद बढ्दै गएर गोली हानाहानको अवस्था आएको बताइएता पनि पुष्टि भएको छैन । गोली चल्नु अघि कैदीहरुबीच तीब्र भनाभन भएको प्रहरीको दाबी छ ।

घाइतेहरुको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । कारागारको अवस्था नियन्त्रणमा लिन र हिंसा भड्किन नदिन १ हजार ५ सयभन्दा प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

उक्त घटनाबारे अहिले अनुसन्धान सुरु भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर