समुद्रमा खसेको आइफोन ह्वेलले फिर्ता दियाे (भिडियाे सहित)

एजेन्सी, २५ बैशाख । समुन्द्रमा खसेको आइफोन मोबाइल ह्वेलले फिर्ता दिएको छ ।

गत सोमबार नर्वेस्थित ह्यामरफेस्ट हार्बरमा साथीसँग डुङ्गामा घुम्ने क्रममा इशाले आफ्नो मोबाइल समुन्द्रमा खसाएकी थिइन् । बेलुगु प्रजातिको ह्वेलले समुन्द्रमा खसेको इशा ओप्दाहलको आइफोन मोबाइल फिर्ता गरेको हो ।

डेलीमेलमा रखिएको ह्वेलले फोन फिर्ता गरेको भिडियो भाइरल अहिले बन्दै गएको छ । उक्त आईफोन पाएपछि इशाले भनेकी छन, ‘हामी सबै निकै चकित भएका थियौं । हामीले आँखाले देखेको कुरा पनि विश्वास गर्न सकिरहेका थिएनौं,’ उनले भनिन् । ‘म अत्यधिक खुसी भएँ । फोन फिर्ता पाएकोमा ह्वेलप्रति निकै आभारी छु ।’

भिडियो सार्वजनिक भएपछि उक्त ह्वेल रसियाली सेनाले जासुसीका लागि तालिम दिएको हुनसक्ने भन्दै धेरैले अनुमान गरेका छन् ।

भिडियाे

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर