प्रेम विवाह गर्न गएकी एक युवतिलाई बुबा र दाइले जिउँदै जलाए

एजेन्सी, २४ बैशाख । भारतमा एक युवतीलाई उनका पीता र दाइले मट्टितेल हालेर जिउँदै जलाएका छन् ।

मध्य प्रदेशको खन्डवा जिल्लाको खालवा तहसीलको ग्राम चैनपुरमा प्रमे विवाह गर्न गएकी एक युवतीलाई उनका पीता र दाइले मट्टितेल हालेर जिउँदै जलाएका छन् ।

प्रहरीका अनुसार १९ वर्षीया युवति लक्ष्मी बाई आफ्ना प्रेमी राजकुमार लौवंशीका घरमा गएकी थिइन् । त्यहाँबाट उनका बुबाले उनलाई घिर्सादै घर ल्याएका थिए ।

त्यसपछि उनका पीता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टितेल हालेर उनलाई जलाएरका हुन् । सोही क्रममा उनको मृत्यु भएको छ ।

जलाउने बुबा र दाइलाई प्रहरीले पक्राउ गरेको छ । उक्त  घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर