अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई ५ स्वर्णसहित ८ पदक

काठमाडौँ, २४ बैशाख । मलेसियामा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते प्रतियोगितामा नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जितेका छन् ।

इन्द्रमुलिया स्टेडियममा नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए । नेपाल रेन्बुकाई करांते संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशमलाल लामा तामाङका अनुसार स्वर्ण पदक विजेताहरुमा ईश्वर विक, युजिन गुरुङ, समुद्र सिंह राना, सविन श्रेष्ठ र कमल चौधरी रहेको जनाएको छ ।

यस्तै संगम नेपालीले एउटा रजत र हिरादेवी राईले काता तथा कुमितेमा गरी दुईवटा रजत पटक जितेका छन् । विजयी खेलाडिलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब इन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरेका थिए ।

भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवई, लगायत १६ राष्ट्रका करीब १ हजार बढी खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको