शिक्षक सरुवाको बाटो खुल्यो

भक्तपुर, २३ बैशाख । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले रोकिएको शिक्षक सरुवाको बाटो खोलिदिएको छ ।

आन्तरिक पदस्थापना र शिक्षकको अवकासको कारण शिक्षक व्यवस्थापनमा कठिनाई भएको भन्दै केन्द्रले इकाइलाई परिपत्र गरेर खोलिएको हो । शिक्षकको सरुवा गत चैत ११ गते देखि रोकिएको थियो ।

उक्त परिपत्रमा अनुसार, आन्तरिक तर्फको पदस्थापनाको कार्य सम्पन्न भए पछि पनि दरबन्दी रिक्त रहन आएमा, खुल्ला प्रतियोगितात्मक विज्ञापनमा समाबेश नभएका पद किटान तथा खुला तर्फको पदस्थापनमा असर नपर्ने गरी र दरबन्दी मिलानको काममा विद्यार्थी संख्याको कारणले उक्त दरबन्दी कटौती नहुने अवस्थामा मात्र जिल्ला र जिल्ला अन्तर सरुवा गर्न सकिने जनाएको छ ।

यसरी सरुवा गर्दा समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई पालिकाहरुको समन्वयमा सरुवा गर्न सकिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई