सयौँ केटामाथि यौन शोषण : बास्केट बल कोचलाई १८० वर्ष जेल सजाय

काठमाडौँ, २३ बैशाख । अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण वर्षको जेल सजाय सुनाएको छ । ४३ वर्षका ग्रेग स्टिफनलाई कैयौँ वर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकामा दोषी पाइएको थियो ।

वासिङ्टन पोस्टले दिएको समाचरमा स्टिफन आयोवा ब्रनस्टामर्समा एलिय युथ प्रोग्राम चलाउँछन् । उनले केटाहरुसँग बिना लुगा होटल तथा आफ्ना दुई निवासमा सुतेको समयमा क्यामरामा रेकर्ड गरेका थिए । स्टिफनका वकिलले उनका लागि २० वर्ष सजायका लागि आग्रह गर्दै उनी अब समाजका लागि खतरा नभएको बताएका थिए ।

उनका विरोधी वकिलले स्टिफन आफैँले १३ जना बच्चाको निजी अंग खेलाएको कुरा स्वीकारेको तर्क दिएका थिए । एक केटाले प्रहरीसमक्ष दिएको बयानमा स्टिफनको सम्बन्ध उनको कलेजको फुटबल टिमसँग पनि भएकाले आफू कैयौँ वर्षसम्म चुप रहेको बताएका थिए । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ