कश्मीरमा भाजपा नेताको गोली हानी हत्या

एजेन्सी, २२ बैशाख । सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का नेता गुल मोहम्मद मिरको गोली हानी हत्या गरिएको छ ।

भारत प्रशासित कश्मीरको अनन्तनाग जिल्लामा शनिबार उनको हत्या भएको हो । काश्मीर प्रहरीका अनुसार मिरमाथि नौगामस्थित आफ्नै घरमा आतंकारीद्वारा गोली प्रहार गरिएको थियो ।

जिल्लाको पार्टी उपाध्यक्षसमेत रहेका ६० वर्षीय मोहम्मद गोली लागेर गम्भिर घाइते भएका थिए । स्थानीय अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनन्तनागमा लोकसभाको चुनाव सोमबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ