छुट्टी नपाएको झोकमा हाकिममाथि गोली प्रहार

एजेन्सी, २० बैशाख । भारतमा एक सैनिक जवानले छुट्टी नपाएपछि आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन् ।

भारतको असाम राज्यमा सशस्त्र प्रहरीबलको रुपमा कार्यरत २५ बर्षीय लक्ष्मीकान्त बर्मनले आफ्नो विवाहकालागि छुट्टी नपाएपछि हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् ।

टाइम्स अफ इन्डियाको समाचारअनुसार  सुरुमा लक्ष्मीकान्त बर्मनले आफ्नो विवाहकालागि छुट्टी मागेका थिए । तर भारतमा भईरहेको लोकसभाको निर्वाचनका कारण हाकिम दासले छुट्टी दिएका थिएनन् ।

सोही छुट्टी नदिएको झोकमा आँफैले बोकेको इन्सास राइफलबाट अन्धधुन्द गोली चलाउँदा हाकिमको मृत्यु भएको छ  भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । उनले इन्सास राइफलबाट १३ राउण्ड गोली फायर गरेका थिए ।

लक्ष्मीकान्त डिप्रेशनका विरामी भएको उनका साथिहरुले जनाका छन् । हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्समा खटाएका बेला बिहीबार उक्त घटना भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर