बार्सिलोनाले लिभरपुल फराकिलो गोलान्तरले जित

काठमाडौँ, १९ बैशाख । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-०ले पराजित गरेको छ ।

नेपाली समय अनुसार बिहीबार बिहान घरेलु मैदानमा बार्सिलोनाले फराकिलो गोलान्तरले जित हातपारेको हो । बार्सिलोनाको जितमा कप्तान मेस्सीले व्यक्तिगत २ गोल गर्दै खेललाई झन रौनकता प्रदान गरे । खेलको २६ औँ मिनेटमै सुअरेजले गोल गरे ।

पहिलो हाफमै अग्रता बनाइसकेको बार्सिलोनाले खेलको ७५औं मिनेटमा स्वारेजले बक्स भित्रबाट हानेको प्रहार बारमा लाग्दै फर्किएको बलमा मेस्सीले विपक्षी डिफेन्डरलाई जित्दै गोल गरे । ८२औं मिनेटमा पाएको फ्रि किकको सदुपयोग गर्दै मेस्सीले ‘ट्रेडमार्क’ फ्रि किक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको