जापानमा नयाँ राजा नारुहितोले गद्दी सम्हाले

एजेन्सी, १८ वैशाख । जापानमा युवराज नरुहितोले राजगद्दी सम्हालेका छन् । आजदेखि औपचारिक रुपमा युवराज नारुहितोले गद्दी सम्हालेसँगै जापानले नयाँ सम्राट पाएको हो ।

नारुहितो जापानको १२६ औं सम्राट बनेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सम्राट नरुहितो २८ बर्षको उमेरमा जापानको युवराज बनेका थिए ।

सन् १९८९ मा गद्दी आरोहण गरेका पुर्व राजा अकिहितोले ३० वर्षपछि मंगलबार पद त्यागेका थिए । आफू वृद्ध भएको र अस्वस्थ भएको भन्दै अकिहितो गद्दी त्यागेपछि उनका छोरा नरुहितो जापानको नयाँ राजा बनेका हुन् ।

जापानको २ सय वर्षको इतिहासमा उनी जिवित छंदै गद्दी त्याग गर्ने पहिलो सम्राट बनेका छन् । जापानमा सम्राटले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ । तर पनि अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर