श्रीलङ्कामा आतङ्ककारी आक्रमण : २५३ जनाको मृत्यु, ४२ विदेशी मारिएको पुष्टि

श्रीलङ्कामा आतङ्ककारी आक्रमण

एजेन्सी, १८ वैशाख । श्रीलङ्कामा गएको अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् ।

तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती आक्रमणमा अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणमा परी घाइते भएका पाँचजना विदेशी नागरिक अझै पनि उचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ ।

श्रीलङ्काको विदेश मन्त्रलयद्धारा जारी विज्ञप्तिका अनुसार यस आक्रमणहरुका मारिएका सबभन्दा विदेशी नागरिक भारतका रहेका छन् । भारतका १२ जना नागरिक रहेका छन् । त्यसपछि क्रमशः बेलायतका ६ जना, चीनका चारजना र डेनमार्कको तीनजना रहेका छन् । त्यसैगरी साउदी अरेबिया, स्पेन र टर्कीका दुई–दुई जनाले यो आक्रमणमा ज्यान गुमाए भने बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक–एक नागरिकले यो आक्रमणमा परी मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर