स्पेनमा समाजवादी नेता पेड्रो सान्चेजको नेतृत्वमा सरकार बन्ने

एजेन्सी, १६ वैशाख । स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ सोसलिस्ट वर्कर पार्टीले अन्य प्रतिष्पर्धी दलहरुलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ । पहिलो स्थान हासिल गरेसँगै समाजवादी नेता पेड्रो सान्चेजको नेतृत्वमा सरकार बन्ने भएको छ ।

स्पेनको ३५० सिट रहेको तल्लो सदन र २६६ सिट रहेको माथिल्लो सदन (सिनेट)का लागि आइतबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका पेड्रो सान्चेजको दलले १२३ स्थानमा जित हासिल गरेको हो । यो कुल सिटको २९ प्रतिशत हो ।

बहुमत सरकार गठनका लागि १७६ सिट आवश्यक पर्दछ । सोललिस्ट वर्कर पार्टीले सबैभन्दा धेरै २९ प्रतिशत सिट जिते पनि बहुमत हासिल गर्न भने सफल भएन । त्यसैले स्पेनमा अब मिलिजुली सरकार बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर