कक्षा १२ को परीक्षा भोलिदेखि सुरु

भक्तपुर, १४ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले भोलि आइतबारदेखि कक्षा १२ को परीक्षा देशभर सुरु गर्ने भएको छ ।

कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको परीक्षा भोलिदेखि शुरु भएर बैशाख २६ गते सकिनेछ ।

परीक्षामा देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रबाट ४ लाख २८ हजार ५२ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षार्थी संख्या अनुसार सबैभन्दा कम मनाङ्ग जिल्लामा ५९ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ६२ हजार ५ सय ८८ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षामा ३४ हजार ६ सय ९० जनशक्ति परिचालन गरिएको छ । परीक्षाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सबै प्रश्नपत्रको सुरक्षा २४ सै घन्टा सीसीटिभीबाट दिइने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई