बैशाख १२ को स्मृतिमा ट्रिटनमा भूकम्प अभ्यास : घाइतेलाई नजिकको अस्पताल पुर्याइयो

काठमाडौँ, १३ वैशाख । २०७६ बैशाख १२ गते बिहीबार । समय मध्यान्ह ११ः५६ बजे । २०७२ बैशाख १२ को भूकम्पको ४ वर्षपछि ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेमा फेरी (नक्कली) भूकम्प गयो । तर कोही पनि विद्यार्थी विद्यालयको कम्पाउण्ड छोडेर भागेनन । न त डरले काम्दै लुके । बरु तत्कालै घाइतेको उपचारको लागि सबै विद्यार्थी एकजुट भएर लागे ।

उनीहरुले विद्यालय परिसरमा रहेको बाँसका टुक्रा, कम्मरमा झुण्डाएको डोरी, आफुले लगाएको ज्याकेट या सर्ट र आफुले घाँटीमा लगाएको स्काउटको स्कार्फको प्रयोग गरि घरेलु स्ट्रेचर बनाएर घाइतेलाई त्यसमा सुताएर उपचारको लागि नजिकको कान्तिपुर अस्पतालमा लगे । अस्पतालको आकस्मिक कक्षमा खटिएका डाक्टरहरुले पनि नक्कली घाइतेहरुको उपचार गरेजस्तै गरे ।

४ वर्षअघि गएको विनाशकारी भूकम्पको स्मरण गर्दै भूकम्पबाट कसरी जोगिने, भूकम्पमा परेकाहरुको कसरी उद्धार गर्ने, उनीहरुको तत्कालै प्राथमिक उपचार र थप उपचारको लागि कसरी अस्पताल पुर्याउने भनेर व्यवहारिक ज्ञान दिन ट्रिटन स्कुलले पहिलोपल्ट भूकम्प गएको दिन बैशाख १२ गतेलाई लक्षित गरि सो कार्यक्रम आयोजना गरेको विद्यालयका निर्देशक राजन सुबेदीले बताए ।

यसका लागि स्काउटमा आवद्ध कक्षा ६ देखि १० सम्मका झण्डै ५ दर्जन स्काउटलाई परिचालन गरिएको थियो भने ट्रिटन स्काउट ट्रुपकी लिडर करिशा घिमीरेलाई टोली नेता बनाइएको थियो । बाँकी कक्षाका सबै विद्यार्थी कार्यक्रमको दर्शक थिए ।

नक्कली भूकम्प, घाइतेको उद्धार र प्राथमिक उपचार तथा नजिकको अस्पताल पुर्याउने कामको रेखदेख स्काउट गुरु शिवकुमार त्वायना र सेकेण्डरी कोअर्डिनेटर साजन कोइरालाले गर्दै थिए । विद्यालय निर्देशक सुवेदी र भाइस प्रिन्सिपल ममता शाह अरु विद्यार्थीलाई भूकम्प आउँदा के गर्नुपर्छ भनेर सिकाउँदै थिए ।

पछिल्लो समयमा विद्यार्थीहरु कितावी ज्ञानमा मात्रै सीमित भएका कारण यस्ता भैपरि आउने यस्ता आकस्मिक घटना र भूकम्पजस्ता दैवीप्रकोपमा विद्यार्थीहरु रणभूल्लमा पर्ने गरेकाले उनीहरुलाई यस्ता ज्ञान दिन आवश्यक परेको विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहले बताइन ।

२०७६ को नयाँ शैक्षिक सत्र शुरु भएपछि ट्रिटन स्कुलले आयोजना गरेको भूकम्पसम्वन्धि पुर्वाभ्यास स्थानीय वासिन्दा र वटुवाहरु समेत चासोपुर्वक हेर्दै थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ