इरानी तेल आयात रोक्दा भारतमा भुँइचालो

काठमाडौँ, १३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिने फैसला गरिसकेका छन् । अमेरिकाको यो फैसलाले सर्वाधिक असर भारत र चीनलाई पर्ने देखिएको छ । यसले भारको कच्चा तेलको लागत ३ देखि ५ प्रतिशत बढ्ने आकलन गरिएको छ । यसले महँगी बढ्ने र रुपैयाँको मूल्यमा गिरावट आउनेछ । इरानी तेल रोक्नाले भारतमा कस्तो कस्तो असर पर्छ त ?

निर्यात घट्ने

कच्चा तेलको मूल्यमा ३ देखि ५ प्रतिशतसम्मको वृद्धिले भारतको निर्यात कारोबारमा कमी आउनेछ । भारतीय व्यापार प्रवद्र्धन परिषदको अध्यक्ष मोहित सिगंललालाई उद््धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, ‘निर्यात क्षेत्रमा प्रभाव पर्ने निश्चित छ । किनकि सबै किसिमका उत्पादन एवं सेवामा कच्चा तेललाई एक मध्यवर्ती सामानको जस्तो प्रयोग गरिँदै आएको छ ।’ उनका अनुसार प्रतिबन्धबाट पाइँदै आएको छुट समाप्त गर्नाले कच्चा तेलको मूल्य तत्काल ३ देखि ५ प्रतिशतसम्म बढ्न जान्छ । यो समाचार कारोबारमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने