भारतमा बोलेरो र ट्रक ठोकिँदा सात जनाको मृत्यु

एजेन्सी, ८ वैशाख । भारतको रांची सहरको नामकुममा बोलेरा र ट्रक एक आपासमा ठोकिँदा सात जनाको मृत्यु भएको छ ।

शनिबार दिउसो करीब तीन बजे तिर भएको उक्त दुर्घटनामा मृत्यु हुनेहरु चालक एकै परिवारका आमा, छोरा, हजुरआमा रहेको थियो । उक्त दुर्घटनामा ज्यान गुमाएकाहरु चान्हो इलाकाको पिपराटोली स्थित बसोबास गर्ने रहेको मिडियाले जनाएको छ ।

अनिल उरांवका विवाहको चार दिनपछि गाउँको एक बोलेरो भाँडामा लिएर परिवारको साथ अनिल आफ्नो श्रीमतिसंगै ससुराली जाँदै गर्दा उक्त दुर्घटना भएको मिडियाले जनाएको छ । मृत्यु हुनेहरु चालक, अनिल उराँवका सानो भाई सुनील उराँव, आमा पुनिया उराँव, हजुरआमा पार्वती ऊराईन लगायतका सात जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने