काठमाडौँ, ५ वैशाख । ग्रामर फाउण्डेशन अन्तर्गत सञ्चालित ग्रामर पब्लिक स्कुल कोटेश्वरको कक्षा १२ तथा ग्रामर कलेजको बिबिएस चौथो वर्षका विद्यार्थीहरुलाई सांगितिक कार्यक्रमका साथ विदाई गर्दै शुभकामना दिइएको छ ।

ग्रामर फाउण्डेशनका अध्यक्ष पुरन्जन राईको प्रमुख आतिथ्यमा सम्पन्न विदाई तथा शुभकामना कार्यक्रममा ग्रामर पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राई, संस्थापक प्रिन्सिपल राजकुमार राई, कलेजका शैक्षिक संयोजक डा.जीवन खड्का, आर्थिक निर्देशक भरतकुमार राई, निर्देशक दिलेन्द्र मुकारुंग राई, भाइस प्रिन्सिपल सुर्दशन पाण्डे, विभागीय प्रमुख तथा विभिन्न विषयगत शिक्षक÷शिक्षिकाले विभिन्न विदामा उत्कृष्ट भएका विद्यार्थीलाई पदक, पुरस्कारका साथै मायाको चिनो दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

फाउण्डेशन अन्तर्गत सञ्चालित विद्यालय र कलेजतर्फ गरि झण्डै १ हजार ३ सय विद्यार्थी अध्यनरत छन भने कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन र मानवीकी विषयको अध्यापन हुँदै आएको छ ।






