बन्दुकधारीको आक्रमणमा परि १४ जनाको मृत्यु

एजेन्सी, ५ बैशाख । पाकिस्तानमा बन्दुकधारीहरुले बसमा यात्रा गर्दै गरेका १४ जनाको हत्या गरेका छन् ।

अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेको जनाएको छ ।

बन्दुकधारीहरुले ओर्माराबाट कराँचीतर्फ गइरहेका बसहरु मकरान तटीय राजमार्गमा रोकेर बस भित्रका यात्रुलाई बाहिर निकालेर गोली हानी १४ जनाको हत्या गरेको समाचार माध्यमहरुले जनाएका छन् । घटनामा बारेमा कसैले जिम्मा नलिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर