काठमाडौँ, ४ वैशाख । आईपीएल क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गर्दै किंग्स इलाभेन पञ्जाव विजयी भएको छ ।
मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव १० अंकसहित तालिकाको चौथो स्थानमा छ । १८२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रनमा रोकिएको थियो ।
पहिला ब्याटिङ गरेको पञ्जावका लागि केएल राहुलले ५२ रन बनाउँदा डेभिड मिलरले ४० रन जोडेका थिए ।





