सैन्य ‘कु’बाट पछि हटे सुडानका रक्षामन्त्री

एजेन्सी, ३० चैत । सुडानमा सैन्य ‘कु’ गरेका सुडान मिलिटरी काउन्सिलका प्रमुख तथा रक्षामन्त्री त्यसबाट पछि हटेका छन् ।

सुडानका रक्षामन्त्रीसमेत रहेका अउफले सैन्य काउन्सिलको नेतृत्व गर्दै ३ दशकदेखि सुडानको राष्ट्रपतिमा सत्तासीन ओमर अली बसिरलाई पक्राउ गरी बिहीबार मात्रै सत्ता हत्याएका थिए ।

अउफले आफ्नो सत्ता टिकाउन सुरुमै सैन्य लेफ्टिनेन्ट जनरल अब्देल फताह अब्देलहमान बुर्हानलाई उत्तराधिकारी बनाउने घोषणासमेत गर्न भ्याएका थिए । तर, त्यसको १ दिनमै अउफ आफ्नो कदमबाट पछि हट्न बाध्य भएका छन् ।

राष्ट्रपति बसिरविरुद्ध लक्षित पछिल्ला केही महिनादेखिका विरोध प्रदर्शनबाट हौसिएका अउफले सैन्य ‘कु’ को पक्षमा जनमत आउने प्रक्षेपण गरेका थिए । तर, उनको अनुमान गलत सावित गर्दै प्रदर्शनकारीहरु सैन्य ‘कु’ विरुद्ध सडकमा ओर्लेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ