एजेन्सी, २९ चैत । स्कुलमा बालबालिकाबीचको आपसी झगडामा वृद्धि भइरहेकोले सो बदमासि रोक्न रोबोटको प्रयोग गरिने भएको छ ।
जापानको पश्चिमी प्रान्त ओत्सुको एक स्कुलमा बालबालिकाबीच हुने आपसी झगडा समस्याको समाधान गर्नका लागि रोबोटको सहयोग लिइने भएको हो ।
जसले बच्चाको बदमासी रोक्नुको साथै बालबालिकाबीच हुने बहस, आपसी झगडा जस्ता संकेतलाई रोबोटले तत्काल पहिचान गर्नेछ । यसले पहिला गरिएको झगडा अझै धेरै बढ्यो भने रोक्नेछ ।





