युरोपेली युनियनबाट ६ महिना म्याद थप

एजेन्सी, २८ चैत । युरोपेली नेताहरुले बेलायतलाई युरोपेली युनियनबाट बहिर्गमनका लागि ६ महिना समय थप गर्न सहमत भएका छन् ।

ब्रेक्जीटको नयाँ मितिका लागि ब्रसेल्समा बुधबार अबेर राति बसेको बैठकले बेलायती प्रधानमन्त्री थेरेसा मेले जनभावना बमोजिम नै ब्रेक्जीट सम्झौताका लागि कार्य गर्ने र संसदबाट पनि अनुमोदन गर्ने बताइन् ।

उनले आफ्नो मुख्य लक्ष्य नै जतिसक्दो चाँडो इयूबाट अलग्गिनु रहेको स्पष्ट पारिन् । उनले नयाँ सहमतिका बारेमा बेलायती तल्लो सदन हाउस अफ कमन्सलाई बिहीबार जानकारी गराउनेछिन् ।

ब्रेक्जीटका बारेमा प्रधानमन्त्री मेले गत नोभेम्बरमा गरिएको सहमतिलाई बेलायती संसदले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ