नीजि विद्यालयको युग समाप्त गर्नै पर्छ

शिक्षाको चरम निर्मम व्यापार रोक्नै पर्छ । केही समय पहिले शिक्षाविद डा. मन प्रसाद वाग्लेले नीजि विद्यालय बन्द गर्नु पर्ने दश कारणहरु उल्लेख गर्दा देश नै तरंगित भयो । खासमा समयको वा शिक्षाको नैसर्गिक अधिकारलाई सम्बोधन गर्नकालागि राज्य यही दिशातर्फ उन्मुख हुनै पर्थ्यो जसकालागि घच्घच्याउन आवश्यक थियो भलै सत्य तितो नै हुन्थ्यो र भयो पनि । अन्ततस् राज्य यहि दिशातर्फ उन्मुख छ, जुन अहिलेको अनिवार्य आवश्यकता हो ।

नीजि विद्यालयको युग समाप्त गर्नु पर्ने निम्न कारणहरु छन्,

१. शिक्षा पाउने ब्यक्तिको नैसर्गिक अधिकारको सम्मान गर्न,

२. नाफा उद्योगलाई सेवामा रुपान्तरण गर्न,

३. IELTS मा राम्रो अंक ल्याइ बिदेशको भिषामुखि शिक्षा बन्द गरि बौद्धिक प्रतिभालाइ देशको संभावनासँग साक्षात्कार गर्न,

४. संभावना बोकेका युबालाई बिदेश गई आफ्नो क्षमतालाइ पुर्णबिराम लगाउने र असाध्यै निम्न स्तरको कामहरु सस्तोमा गर्ने अवस्थाको अन्त्य गर्न,

५. नीजि विद्यालयले नाफाकालागि पुस्तकमा, स्टेशनरी, पोशाक, विभिन्न क्रियाकलापकालागि लाग्ने भन्दा दोब्बर रकम असुल गर्ने लगायत हरेक कुरामा गरिएको कार्टेलिङ र सिण्डिकेटले अभिभावकहरुलाई कंगाल बनाउने कुरालाइ निरुत्साहित गर्न,

६. बालबालिकामा हालै देखिएको निराशा, सकस जस्ता कारणहरुबाट बालबालिकामा बढीरहेको डिप्रेशन, आत्महत्या जस्ता समस्याहरुलाई अन्त्य गरि बालकका लागि शिक्षा न कि शिक्षाकालागि बालक कायम गर्न,

७. अक्षर चिन्नेले लट्ठी बजारेर पढाउने अवस्थाको अन्त्य गरि आधुनिक शिक्षण प्रबिधि जानेको पेशागत शिक्षकबाट शिक्षा पाउने अवस्थाको निर्माण गर्नका लागि,

८. होमवर्क आतंक सिर्जना गरि जबर्जस्ती अभिभावकबाट सिकाउने प्रथाको अन्त्य गर्न,

९. सरकारी संरचना वा जनताको करबाट ब्यबस्था भएको शिक्षाको लगानी सदुपयोगका लागि,

१०. शिक्षा मार्फत आर्थिक समृद्धि हासिल गर्नकालागि स्मरण रहोस् प्रजातन्त्रिक मुलुकका रुपमा चिनिएका अमेरिका बेलायत जस्ता मुलकमा समेत शिक्षालाइ यो रुपमा व्यापार गरेको पाइदैन भने नेपालमा नीजि बिद्यालयको सन्दर्भ प्रजातन्त्रसँग जोड्नु केबल भ्रमको खेती गरि त्यसको लाभ उठाउनु मात्र हो ।

तसर्थ, अभिभावकलाई कंगाल बनाउने शिक्षा पद्दति निरुत्साहित गरि गुणस्तरीय शिक्षा विकासकालागि सामुदायिक विद्यालय स्थापना गर्ने अभियानलाइ सार्थक बनाऔं ।

 

जीवन ढुङ्गाना 
प्राध्यापनरत, सानोथिमी क्याम्पस, भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनबारे ‘भ्रम वा झूट’ लेखेको आरोप लगाउँदै शुक्रबार तीन सञ्चार संस्थामाथि ह्वाइट

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको

एजेन्सी, ५ असोज । दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु

एजेन्सी, ५ असोज । जर्मनीका दुई राज्यमा भएको निर्वाचनमा चान्सलर फ्रेडरिक मर्जको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले धक्का व्यहोरेको छ ।