भूकम्पले भत्काएको भवन विदेशीको सहयोगमा ठडियो

भक्तपुर, २४ चैत । रमेश गिरी । मण्डन–देउपुर नगरपालिका नयाँ गाउँमा रहेको बिन्दबासिनी प्राथमिक विद्यालयको नयाँ भवन नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभार्काले उद्घाटन गर्नुभएको छ ।

चेक रिपब्लिकन संस्था नमस्ते नेपालको सहयोगमा बनेको भूकम्पप्रतिरोधी भवनको होभार्काले एक समारोहबीच आज उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा राजदूत होभार्काले बैशाख १२ को विनाशकारी भूकम्पले भत्काएको भवनको पुननिर्माण गरी स्थानीयलाई हस्तान्तरण गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । ‘नयाँ भवन निर्माण कार्यमा सहभागी सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु र भविष्यमा पनि चेक रिपब्लिकबाट यस्तै प्रकारको सहयोग जारी राख्ने विश्वास दिलाउन चाहन्छु,’–उहाँले भन्नुभयो ।

तीनकोठे नयाँ भवनको निर्माण स्थानीय रुपमा उपलब्ध माटो, बालुवा, चिप्स, सेतो माटो र सिमेन्टको प्रयोग गरी निर्माण गरिएको हो । यो नविनतम प्रविधिले गर्दा भवनभित्र जाडोमा तातो र गर्मीमा शितल हुने भवन निर्माणमा संलग्न सस्टेनेबल फ्युचर नेपालका नारायण आचार्यले बताउनुभयो । ‘नेदरल्यान्ड्स र स्विट्जरल्यान्डमा सफल रुपमा प्रयोग भएको यो प्रविधिबाट बनेका भवन सुरक्षित र भूकम्प प्रतिरोधी हुने उहाँले बताउनुभयो ।

विभिन्न दाताहरुबाट प्राप्त २८ लाख रुपैयाँबाट नयाँ भवन निर्माण गरिएको नमस्ते नेपालका अध्यक्ष टोमस बेनेरेकले जानकारी गराउनुभयो । भवनको डिजाइन र निर्माण याना सेरासहितको चेक रिपब्लिकन स्वंयसेवी टोली र स्थानीयको सहयोगबाट भएको हो ।

त्यस अवसरमा पूर्वसंविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले भवन निर्माणमा सहयोग पु¥याउने दाता, स्वंयसेवी र स्थानीयलाई सम्मान गर्नुका साथै राजदूत होभार्कालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक सुदर्शन तिमल्सिनाले जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवाल, जनप्रतिनिधि र स्थानीय बासिन्दाले सुरक्षित नयाँ भवनसंगै शैक्षिक गुणस्तर र विद्यार्थी संख्यामा निकै बृद्धि हुने अपेक्षा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ