महिला फुटबलमा भारतसँग नेपाल पराजित

काठमाडौँ, २३ चैत । ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।

शनिबार भएको खेलमा नेपालले पहिलो हाफ एक एक गोलको बराबरी खेलेको थियो । दोस्रो हाफको छैटौं मिनेटमा असलत देवीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगेकी थिइन् ।

सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन् । ५८ औं मिनेटमा भारतले अग्रता २–१ मा पुर्याएको थियो । डी बक्सभित्र फल भएपछि पाएको पेनाल्टीलाई भारतकी अष्टलतादेवीले पेनाल्टी मार्फत गोल गर्दै ३–१ को अवस्थामा पुर्‍याइन् ।

 यसअघि म्यानमारसँग पराजित भएको नेपालले अब अन्तिम खेलमा मंगलबार इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, १० असार । नेपाल बक्सिङ महासंघको आयोजनामा असार ११ गतेदेखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने ३०औँ राष्ट्रिय पुरुष तथा

काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । अमेरिकाको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली