बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई ढुङ्गा हानेर फाँसी दिइने

एजेन्सी, २० चैत । बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई  ब्रुनाईमा ढुङ्गाले हानेर फाँसी दिने कानुन लागु भएको छ ।

बुधवारदेखि लागु भएको उक्त नयाँ कानुनमा ब्रुनाईका सुल्तान हस्सनल बोल्कियाले हस्ताक्षर गरेका हुन् । नयाँ कानुनमा चोरी गर्नेहरूका हात र खुट्टा काटिने व्यवस्था समेत गरिएको छ ।

दक्षिण पूर्वी एसियाको सानो मुस्लिम राष्ट्र ब्रुनाईमा यो कानुन वर्षौंपछिको छलफलपश्चात् कार्यान्वयनमा आएको हो ।

ब्रुनाईको मुलुकी ऐनको यस्तो व्यवस्था खासगरी साउदी अरब समेतका खाडी राष्ट्रहरूमा प्रयोगमा छ । पूर्वी वा दक्षिण पूर्वी एसियामा कठोर शरिया कानुन देशव्यापी रुपमा पूर्ण कार्यान्वयन गर्ने ब्रुनाई पहिलो राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७