मीटूका कारण मेक्सिकन रकस्टार गिलद्वारा आत्महत्या

एजेन्सी, २० चैत । मीटूका कारण मेक्सिकन रकस्टार अर्मान्डो भेगा गिलले आत्महत्या गरेका छन्  ।

मेक्सिकन एक रक ब्यान्डका बेसिस्ट ६४ वर्षीय अर्मान्डोले मीटूमार्फत आफूलाई यौन दुर्व्यवहारको गलत आरोपमा फसाइएको, आफू निर्दोष रहेको र आरोप असत्य रहेको लामो स्टाटसको ‘सुसाइड नोट’ ट्वीट गरी घरमै आत्महत्या गरेका छन ।

मीटू मेक्सिकन म्युजिसियन नामक ह्यागट्यागमार्फत एक युवतीले आफू १३ वर्षको छँदा अर्मान्डोले यौन दुर्व्यवहार गरेको आरोपसहित सामाजिक सञ्जालमा लेखेकी थिइन्  ।

अर्मान्डोले आरोप लगाइसकेपछि मान्छेले शंका गर्न थालेको र आफूले सामाजिक सञ्जालमा प्रतिरक्षा गर्न नसकेको भन्दै यसले आफ्नो करिअर नै समाप्त हुनेछ भन्ने लागेको आत्महत्या गर्नुअघि उनले चिठीमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७