एजेन्सी, १८ चैत । अफगानिस्तानमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् ।
आइतबार पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइएस आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा १५ लडाकू मारिए सगै अन्य १० लाडाकू घाइते भएको प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोगाीआनीले सोमबार जानकारी दिनुभएको छ ।
खोगीआनी जिल्लाको जेरोताङगी क्षेत्रमा गरिएको सुरक्षा कारबाहीको क्रममा अरु कैयौं घरहरु ध्वस्त भएको बताइएको छ भने रक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै हानि नभएको अधिकारीहरुले दाबी गरेका छन् ।





