एजेन्सी, १७ चैत । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
आइतबार बिहान ७ बजे गएको भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको अमेरिकी भौगर्भिक सर्भे जनाएको छ ।
भूकम्पबाट के कति क्षति भयो भन्ने बारे जानकारी हुन नसकेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।





