बार्सिलोनाको सानदार जित : स्पानियोल स्तब्ध

काठमाडौँ, १७ चैत । लिड लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि सानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गरेको हो । कप्तान मेस्सीले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८९औं मिनेटमा मेस्सीले फेरी गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ५९ अंक छ । लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको भने २८ खेलबाट ५४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान