बजेट खर्च गर्न सक्ने क्षमता नभएको सरकारले ठूलठूला कुरा गर्नु हास्यास्पद : नेता सिंह

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेटसमेत बजेट खर्च गर्न सक्ने क्षमता नभएको सरकारले ठूलठूला कुरा गरेर जनताले पत्याउन नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले खर्च गर्न नसकेको वर्तमान सरकारले लगानी सम्मेलनमा ठूलठूला कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विदेशी लगानी ल्याउने राम्रो कुरा हो तर सरकारले तीनै तहमा जनताले सुशासनको अनुभूति दिलाउन नसकेपछि जतिसुकै ठूला कुरा गरेर के गर्ने रु’ सरकारले शान्ति सुरक्षाको र लगानीको वातावरण बनाउन नसकेकाले घाटा खान विदेशी लगानीकर्ता नआउने उहाँले जिकिर गर्नुभयो ।

लगानी सम्मेलन जारी रहेकै बेला प्रदेश २ मा कमजोर सुरक्षाका कारण प्रश्नपत्र आउट भएर एसईई परीक्षा रद्ध हुनु लज्जाको विषय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,

काठमाडौँ, ५ असोज । प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार