जापानमा पढेका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’को वार्षिकोत्सव

काठमाडौँ, १६ चैत । जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीहरुको संस्था जापान युनिभर्सिटी एलुम्नाई एशोसियसन अफ नेपाल ‘जुआन’ को स्थापनाको ४६ औं वार्षिकोत्सव शुक्रबार होटल रोयल सिंगी कमलादीमा मनाइयो ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा राजदूत साइगोले नेपाल जापानवीच कायम रहेको सुमधुर सम्वन्धलाई जापानमा अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीहरुले अझै प्रगाढ बनाएकोमा खुसी प्रकट गरे ।

‘जापान नेपालको अभिन्न मित्र हो, हामी यसलाई भविष्यमा अझै सुदृढ बनाउन चाहन्छौं’ राजदूत साइगोले भने । उनले जुआन संस्थाको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतीको कामना पनि गरे ।

कार्यक्रममा जुआनका अध्यक्ष मनोज गिरीले जुआनका गतिविधिबारे प्रकाश पारे भने वरिष्ठ कलाकार लोकरत्न चित्रकारले नेपाल र जापानमा परम्परागत बौद्ध चित्रकला ‘पौभा’बारे प्रस्तुति गरे ।

कार्यक्रममा जापानी राजदूतकी धर्मपत्नि एरिको साइगो र राजदूतावासका प्रथम सचिव लगायतका अधिकारीहरुको उपस्थिति थियो ।

जापानमा उच्च शिक्षा हासिल गरेर फर्केका नेपाली विद्यार्थीहरुले सन् १९७३ मा जुआनले विद्यार्थीहरुवीच एक्ता कायम गर्नुका साथै विभिन्न शैक्षिक तथा सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ