ब्रुनाईमा समलिङ्गी सम्बन्धमा रहनेलाई ढुङ्गा हानीहानी मृत्युदण्ड

एजेन्सी, १५ चैत । ब्रुनाईमा समलिङ्गी सम्बन्धमा रहनेलाई आगामी अप्रिलदेखि ढुङ्गा हानीहानी मृत्युदण्ड दिइने नयाँ कानून पारित भएको छ ।

ब्रुनाईको नयाँ कानून अनुसार समलिङ्गी सम्बन्धमा रहेका र परस्त्रीगमनमा दोषी ठहर भएका प्रत्येकलाई ढुङ्गा हानीहानी मृत्युदण्ड दिइनेछ ।

त्यस्तै मानवअधिकारकर्मीले ब्रुनाईको नयाँ कानूनबारे प्रतिक्रिया दिएका छन् । यो नयाँ कानूनमा चोरी गर्नेको हात वा खुट्टा काटिने पनि बताइएको छ ।  ब्रुनाईमा चार लाख ५० हजार जनसंख्या रहेका छन् । यहाँ रक्सी बेच्ने पनि अनुमती छैन ।

एम्नेस्टी इन्टरनेशनलकी ब्रुनई अनुसन्धानकर्ता रचेल चोआ–होवार्डका अनुसार ब्रुनाईले आफ्ना यी डरलाग्दो सजाय तत्काल रोक्नुपर्छ, आफ्नो कानूनलाई मानवअधिकारको दृष्टिकोणबाट सच्याउनु पनि पर्दछ र अन्तरराष्ट्रिय समूदायले ब्रुनईको यो कदमविरुद्ध आवाज उठाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate

वीरगन्ज, ४ असोज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको