काठमाडौं, १४ चैत । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि एसईई विज्ञान विषयको परीक्षा रद्द भएको छ ।
बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत आजको विज्ञान विषयको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
विज्ञान विषयको प्रश्नपत्र बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ को शिक्षा निर्देशनालयले जनाएको छ । रद्द परीक्षा चैत २२ गते पुनः हुनेछ ।





