किमले आफ्ना निजी फोटोग्राफरलाई जागिरबाट निकाले

एजेन्सी, १४ चैत । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई ३ सेकेन्डमै जागिरबाट निकालेका छन् ।

स्थानिय मिडियाका अनुसार किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएर ३ सेकेन्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् ।

जागिरबाट निकालिएको फोटोग्राफरको नाम री हो । उनले लिइरहेका क्यामेराको फ्ल्यासबाट किमको टाउकोलाई पनि समेटेको थियो । रीमाथि यो फोटोग्राफीका लागि बनाइएको दुई मिटरको प्रतिबन्ध उल्लंघन गरेको आरोप लागेको छ । रीले गत महिना हनोइमा डोनाल्ड ट्रम्पसँग किमको भेटघाटको तस्बिर खिचेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७