काठमाडौं, १३ चैत । काठमाडौंको कीर्तिपुरमा सशस्त्र प्रहरी बलका हवल्दार मृत अवस्थामा फेला परेका छन् ।
बुधबार बिहान पौने ६ बजे सडकबाट केही तल घिस्रिएर ढलेको अवस्थामा १५ नम्बर गण कालीञ्चोकमा कार्यरत तनहुँ घर भएका वरिष्ठ हवल्दार साराबहादुर विक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक क्याम्पस नजिक मृत अवस्थामा भेटिएका हुन् ।
उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले बताएका छन ।





