प्रधानमन्त्री मोदीद्वारा भारत अन्तरिक्ष ‘महाशक्ति’ बनेको घोषणा

काठमाडौं, १३ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् ।

देशवासीका नाममा सम्वोधन गर्दै उनले अमेरिका, रुस र चीनपछि आफ्नो देश यो स्थानमा आएको दावी गरेका छन।

प्रधानमन्त्री मोदीले सम्वोधनमा भनेका छन, ‘केही समय अगाडि मात्रै भारतले एउटा अभूतपूर्व उपलब्धी हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गर्‍यो । संसारका तीन देश अमेरिका, रुस र चीनले मात्रै यो उपलब्धी हासिल गरेका छन् र अब भारत यसमा थपिएको छ ।’

आफ्नो देशका वैज्ञानिकहरुलाई बधाई दिदै भनेका छन, ‘अन्तरिक्ष अहिले हाम्रो जीवनशैलीको अहम् हिस्सा बनेको छ । आज हामीसँग थुप्रै उपग्रह छन् र यसले देशको विकासमा योगदान दिइरहेका छन् ।ु

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ

काठमाडौँ, ४ असाेज । नेकपा (एमाले) को पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आइतबार बस्दै छ । कार्यदलको बैठक आइतबार बिहान

काठमाडौँ, ३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा रहेको बताएकी छन् ।  आज