एजेन्सी, १२ चैत। पाकिस्तानकाे उच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरिफलाई स्वास्थ्यका आधारमा ६ हप्ताको लागि जमानत दिएको छ ।
स्थानीय सञ्चारमाध्यमा डन का अनुसार मंगलबार प्रधान न्यायाधीश सईद खोसाको अध्यक्षतामा बसेको तीन सदस्यीय इजलासले उक्त फैसला सुनाएको हो । उनी ‘जमानत अवधिभर नवाज देश छोडेर बाहिर जाने छैनन् । ’
यसअघि पूर्व प्रधानमन्त्री नवाजले इस्लामावाद उच्च अदालतको फैसलाविरुद्ध गएको मार्च ६ तारिखमा अपिल दर्ता गरेका थिए । नवाज तीन पटकसम्म देशका प्रधानमन्त्री भइसकेका छन् । उनको विभिन्न १७ रोगको उपचार चलिरहेको छ ।’





