एजेन्सी, ११ चैत । युरोकप छनोट अन्तर्गत खेलमा जर्मनीले नेदरल्याण्ड्स माथि तीन दुई गोलको अन्तरले जित हासिल गरेको छ ।
खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शून्यले अगाडि रह्यो ।
नेदरल्याण्ड्सले दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फर्काएका थिए । उसका लागि डी लिग्ट र डीपेले एक–एक गोल गरे । यता जर्मनीले भने खेलको ९० औं मिनेटमा गोल गर्दै जित हासिल गरेका थिए ।
समूह आई अन्तर्गत भएको खेलमा बेल्जियमले साइप्रसलाई दुई शून्यले हरायो । बेल्जियमको जितमा खेलको १० औं मिनेटमा इडेन हाजार्ड गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको आठ मिनेटपछि बाट्सुएइले गोल गर्दै टिमलाई २० मिनेटमा नै दुई शूयले अगाडि राखे ।






