काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको आज पहिलो खेलमा चेन्नई र बैंगलोरबीच प्रतीस्पर्दा हुदैछ ।
आजबाट चेन्नईमा हुने खेलमा भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई र भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार राति ८ः१५ मा हुनेछ ।
भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । आईपीएलमा यस सिजन चेन्नई सुपर किङ्स, सनराईजर्स हैदरावाद,रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजेस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।





