कुवेतसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं, ८ चैत । पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ ।

बिहिबार भएको खेलमा नेपालले फिफा वरियतामा ३ स्थान माथिको कुवेतलाई गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा नेपाली गोल किपर किरण चेम्जोङले कुवेतले २ दर्जनबढी प्रहार गरेको गोललाई रोकेका थिए । ६५ औं मिनेटमा नेपाली खेलाडीले डी बक्समा फल गरेपछि पाएको पेनाल्टी कुवेती खेलाडीले पोस्ट माथि प्रहार गरेका थिए ।

बराबरीपछि नेपाली टिमका प्रशिक्षक योहान कलिनले भने,  ‘कुवेतले दबाब दिए पनि हामीले सक्दो राम्रो खेल्यौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान