पाल्पाले सञ्चालनमा ल्यायो मोबाइल एप्स

पाल्पा, ५ चैत ।  जिल्ला प्रशासन कार्यालय पाल्पाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

सेवाग्राही तथा सरोकारवालालाई सेवा तथा जानकारी लिन सहज बनाउने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जनाएको छ ।

उक्त मोबाइल एप्स मार्फत जिल्लाको सामान्य जानकारी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको बिबरण, नागरिक वाडपत्र कार्यालय प्रमुखको बैठक तथा निर्णय मासिक प्रगति बिबरण, अनुगमनका बिबरण लगायत निकायले जानकारी लिन सकिने छ ।

१ लाख ४३ हजार ५१० को लागतमा तयार पारिएको एप्समा कार्यालयको बिबरण (कार्यालयका प्रमुख, तथा उप प्रमुख, गुनासा सुन्ने अधिकारी र सुचना अधिकारी) सेवा ग्राही तथा सरोकार वालाले सेवा प्राप्तिका लागि दिनुपर्ने व्यक्तिगत निवेदनका नमुना फारम (जनजाति, आदिबासी, दलित, मधेसी) आदि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate