काठमाडौँ, २९ फागुन । करियर विल्डिंग इन्टरनेशनल एकेडेमी, पेप्सीकोला टाउनप्लानिंगका विद्यार्थीले आफुले कक्षामा सिकेका विभिन्न रोबोट र रोबोटिक्सका सिर्जनालाई अभिभावकसामु प्रस्तुत गरेका छन ।
कक्षा ३ देखि ९ सम्मका विद्यार्थीले तयार गरेको ७५ प्रकारका उपकरणहरुमा रोबटिक्स, अटोमेशन, अटो इन्जिनियरिङ, रसायनिक विज्ञान, ग्रास कटिङ, आगलागीको जानकारी दिने अग्निसुचक, ध्वानी प्रदुषण सम्बन्धि जानकारी दिने ध्वनीस्तर सुचक यन्त्र, ताली बजाएर बाल्न सकिने बत्ती क्लाप स्विच, सेन्सर, टर्च स्विच लगायतका विधुत सम्बन्धि उपकरणहरु थिए ।
छोटो अवधिमा विद्यार्थीहरुले सिकेर तयार गरेका ति उपकरण अभिभावक र अन्य कक्षाका विद्यार्थीले अवलोकन गरेको विद्यालयका शैक्षिक संयोजक दिपेन्द्र श्रेष्ठले बताए ।







