इथियोपियाको जहाज दुर्घटनाबाट बाचेका एक ग्रिसेली नागरिक

एजेन्सी, २७ फागुन । आइतबार इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

विमानमा विभिन्न ३३ देशका नागरिक रहेका थिए । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको थियो ।

 दुर्घटनामा परि  विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी), इथियोपियामा कार्यरत नेपाली युवती एकता अधिकारीकाे पनि ज्यान गएकाे छ ।

दुर्घटनामा परेर सबैको मृत्यु भयो। तर ग्रीसका एक जना यात्री भने उक्त दुर्घटनाबाट बाँच्न सफल भएका छन । एन्टोनिस मावरोपालोस यस विमानका १ सय ५० औं यात्री थिए । एयरपोर्टमा दुई मिनेट ढिलो भएका कारण उनले त्यतिबेला त आफैलाई सरापेका थिए तर पछि भने आफू भाग्यमानी भएको भन्दै फेसबुकमा स्टाटस लेखे ।

https://www.facebook.com/antonis.mavropoulos/posts/10218365946995594

उनले लेखेका छन, ‘मेरो भाग्यमानी दिन ।’  ‘त्यो दिन म एकदमै तनावमा थिएँ, किनकी समयमै गेटमा पुग्नको लागि कसैले पनि मलाई सहयोग गरेका थिएनन्, र मेराे फ्लाइट छुट्न गयाे ।’ उनले फेसबुकमा आफ्नो टिकटको फोटो खिचेर पनि शेयर गरेका छन् ।

मावरोपोलोस एक गैर नाफामूलक संगठनमा अन्तर्राष्ट्रिय सोलिड वेस्ट एसोसिएशनका अध्यक्ष हुन् । उनी संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक सभामा भाग लिन नैरोबी जान लागेका थिए । तर उनी प्रस्थान गेट बन्द भएको कारण दुई मिनेट पछि मात्र त्यहाँ पुगे र विमानमा जान पाएनन् । उनले पछिको उडानको लागि पनि अर्को टिकट बुक गरे तर त्यहाँका कर्मचारीले उनलाई यात्रामा राेक लगाए ।

मावरोपोलोसले आफ्नो पोस्टमा भनेका छन्, ‘एयरपाेर्टका अधिकारीहरुले मलाई एयरपोर्टको प्रहरी चौकीसम्म लिएर गए र मलाई विरोध नगर बरु भगवानलाई धन्यवाद देउ भने । किनकी म मात्रै एक यात्री थिएँ जो ईटी ३०२ को उडानमा चढ्न पाएको थिइन । जुन विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी