गुडिरहेको कारमा आगलागी लाग्दा तीन जनाको मृत्यु

एजेन्सी, २७ फागुन । भारतको नयाँ दिल्लीमा कारमा आगो लाग्दा तीन जनाको मृत्यु भएको छ ।

नयाँ दिल्लीस्थित अक्षरधाम फ्लाईओभरमा गाजियाबादका उपेन्द्र आफ्नी श्रीमती र तीन छोरीसँग डट्सन कारमा दिल्लीको कालकाजी जाँदै गर्दा आमा र दुई छोरीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारमा पाँच जना सवार रहेको र तीन जनाको जलेर मृत्यु भएको र अर्की एक छोरी र बाबु भने बाँच्न सफल भएका छन् । उपेन्द्रको कार अक्षरधाम फ्लाईओभरमा आइपुग्दा अचानक आगो लागेको थियो ।

घटनाको जानकारी पाएपछि दमकलले आगो निभाएको थियो । सीएनजी लिक भएर कारमा आगो लागेको आशंका रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह