भारतमा आम निर्वाचनको मिति घोषणा (तालिकासहित)

एजेन्सी, २६ फागुन । आइतबार भारतीय चुनाव आयोगले आम निर्वाचनको मिति घोषणा गरेको छ ।

घोषणा गरिएको समयतालिका अनुसार भारतमा ७ चरणमा निर्वाचन हुने भएको छ । मतदान ११ अप्रिलबाट सुरु भई १९ मे मा सकिने छ भने २३ मेबाट मतगणना सुरु हुनेछ ।

भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने छन् । यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ ।

नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिश्पर्धा हुने देखिएको छ ।  उनीहरुको बाहेक देशभरी सयभन्दा बढी पार्टीहरु पनि प्रतिश्पर्धामा रहने अधिकारीहरुले बताएका छन् ।

चुनाव तालिका 
पहिलो चरण :  ११ अप्रिल : ९१ सिट

दोस्रो चरण : १८ अप्रिल : ९७ सिट

तेस्रो चरण : २३ अप्रिल : ११५ सिट

चौथो चरण : २८ अप्रिल : ७१ सिट

पाँचौं चरण : ६ मे : ५१ सिट

छैटौं चरण : १२ मे : ५९ सिट

सातौं चरण : १९ मे : ५९ सिट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी